करेन्ट लागेर २ जनाको मृत्यु
आइतबार, १६ भदौ २०८१, १२ : ३२

काठमाडौँ । विभिन्न जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । सुनसरी र बारामा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो । सुनसरीको रामधुनी नगरपालिका–४ एकराई घर भएका ५० वर्षीय पाचु उराउको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–२ स्थित निर्माणाधीन घरमा वाईरिङको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर डेरा गरी बस्ने पर्साको वीरगंज महानगरपालिका–३१ केहुनिया घर भएका १८ वर्षीय राजन पटेलको करेन्ट लागेर शनिबार राती मृत्यु भएको छ ।
सोही ठाउँस्थित विद्युतीय मोटर जडान भएको कलबाट पानी चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छः प्रभु साह
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो
-
सभामुख घिमिरेद्वारा विधेयकहरू प्रमाणित
-
प्रधानमन्त्रीसँग पत्रकार रजकका परिवारको भेट
-
बागमती प्रदेशमा २०८२ मा सार्वजनिक विदा ४ दिन थप
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो