चीनका लागि प्रस्तावित राजदूतले भने– सी चिनफिङलाई नेपाल भ्रमण गराउन पहल गर्छु

काठमाडौँ । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले आफू राजदूत भएमा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । यस्तै नेपालतर्फबाट पनि यस्तै उच्चस्तरीय भ्रमण गराउने आफ्नो पहल कदमी हुने उनको भनाइ छ ।
संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै उनले दुवै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिहरूको भ्रमण आदान प्रदान गर्न प्रयत्न गर्ने बताएका हुन् ।
नेपाली विद्यार्थीलाई चीनमा उच्च शिक्षाको अवसर प्राप्त भइरहेको भन्दै उनले यस सन्दर्भमा छात्रवृत्तिको सङ्ख्या बढाउन र अध्ययनमा विविधीकरण गर्न चीन सरकारलाई अनुरोध गर्ने पनि बताएका छन् ।
यस्तै चीनमा विभिन्न पेसा, व्यवसाय तथा शोधकार्यमा संलग्न नेपालीकारुको अनुभव, सीप र पुँजीलाई राष्ट्र निर्माणमा सहयोग गर्न प्रयास गर्ने पनि उनको कार्ययोजनामा उल्लेख छ ।
यस्तै नेपालका विभिन्न क्षेत्रहरूमा लगानी प्रवर्द्धन गर्न पहल गर्ने पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट