कांग्रेस केन्द्रीय समिति बैठक अघि सानेपामा पदाधिकारी बैठक
_u4mj1d1gem_1A8LUZHvPy.jpg)
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अघि पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी प्रमुख सचेतक श्याम घिमिरेका अनुसार केन्द्रीय समिति बैठक अघि पदाधिकारी बसेर छलफल गर्न लागेका हुन् ।
सत्ता साझेदार दल कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे बस्दै छ । त्यसअघि पदाधिकारी बसेर बैठकमा लेखिने निर्णयका बारेमा छलफल हुनेछ । ‘कतिपय विषयमा भाषा मिलाउने गरी बैठक बस्न लागेको हो‚’ उनले भने ।
कांग्रेसमा साउन २३ देखि केन्द्रीय समिति बैठक बसिरहेको छ । महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुटेपछि २८ गते सम्म बसेर बैठक स्थगन भएको थियो । त्यसपश्चात् भदौ ७ गते बसेको बैठकमा पनि निर्णय हुन सकेको थिएन । भदौ १२ गतेका लागि बोलाइएको बैठक भने प्रतिवेदनमा सहमति जुट्न नसकेपछि १६ गते सम्मका लागि स्थगन गरिएको थियो ।
महामन्त्री गगन थापाले ल्याएको चुनाव अघि गठबन्धन गर्न नहुने अवधारणा र अर्का महामन्त्री विश्वप्रकाश शर्माको एक्जिट पोलिसीमा बैठकमा सहमति जुट्न सकेको छैन ।
शनिवार बसेको पदाधिकारी बैठकमा यी विषयमा सैद्धान्तिक सहमति जुटेपनी कस्तो भाषा प्रयोग गरेर निर्णय लेख्ने भनेर केन्द्रीय समिति बैठक सुरु हुनु अगावै पदाधिकारी बैठक बस्न लागेको हो । बैठक १ बजे सानेपामा बस्ने घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैन : मेयर महर्जन
-
रौतहटको चाँदी खोलामा बालकको शव फेला
-
‘भ्यू टावरमा भएको लगानी उठाउन गाह्रै छ’
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग हार्यो मेस्सी आबद्ध इन्टर मियामी
-
नेपालमा भ्यू टावर निर्माण : पर्यटकीय अवसर कि राज्य स्रोतको दुरुपयोग ?
-
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ: गृहमन्त्री लेखक