नेपाललाई ऐतिहासिक पदक दिलाउने पलेशालाई पूर्वराजाको बधाई

काठमाडौँ । पेरिस पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक पद दिलाउने पलेसा गोवर्धनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई तथा शुभकामना दिएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै साहले उनलाई बधाई दिएका हुन् ।
पलेशकाले कांस्य पदक जितेर ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद खबरले आफूलाई खुसी लागेको पूर्वराजाको भनाइ छ । ‘देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेकी छिन् यसले नेपाली खेलकुद इतिहास मै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौं’, शाहको भनाइ छ ।
गोवर्धनले पेरिस पारा ओलम्पिक– २०२४ को के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार अबेर सम्पन्न रिपेचेजको कांस्य पदक भिडन्तमा पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी हुन् । रिपेचेजको पहिलो खेलमा पलेशाले फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन खर्चलाई मितव्ययी बनाउन माग
-
नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !