बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

कंगनाको ‘एमरजन्सी’ को सेन्सर सर्टिफिकेटमा रोक

‘हामीलाई ज्यान मात्र धम्की दिए’
आइतबार, १६ भदौ २०८१, ११ : ५५
आइतबार, १६ भदौ २०८१

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत आफ्नो नयाँ चलचित्र ‘इमरजेन्सी’लाई लिएर पुनः चर्चामा छिन् । यस चलचित्रमा उनलाई भारतका पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछ ।

चलचित्रको ट्रेलर सार्वजनिक हुने बित्तिकै यसबारे विवाद सुरु भएको थियो । यसको प्रदर्शन मिति नजिकिँदै गर्दा विवाद झनै बढिरहेको छ । यता, कंगना आक्रामक रूपले चलचित्रको प्रचार गरिरहेकी छन् ।

शिरोमणि अकाली दलको दिल्ली इकाईले कंगनाको ‘इमरजेन्सी’ विरुद्ध मोर्चा नै खोलेको छ । दलको दिल्ली इकाई अध्यक्षले फिल्मबारे सेन्सर बोर्ड र कंगनाको निर्माण कम्पनीलाई नोटिस पठाइसकेको छ ।

नोटिसमा कंगना ‘सिखविरोधी भाष्यका लागि कुख्यात’ रहेको बताइएको छ । सिख समुदायलाई निशाना बनाउन इमरजेन्सीको विषय चुनेको उनीहरूको आरोप छ । चलचित्रको सेन्सर सर्टिफिकेट रद्द गर्न उनीहरूको माग छ ।

यता, कंगनाले एक भिडियो सेयर गर्दै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेट (सीबीएफसी) ले उनको चलचित्रलाई ‘क्लियर’ गरे पनि यसको प्रमाण पत्र दिने प्रक्रियामा रोक लगाएको जानकारी दिएकी छन् । उनले भनिन्, ‘हाम्रो चलचित्र इमरजेन्सीलाई सेन्सर सर्टिफिकेट प्राप्त भएको हल्ला छ । तर, यो साँचो होइन । वास्तवमा हाम्रो चलचित्र क्लियर भएको थियो तर, त्यसको प्रमाणपत्र रोकिएको छ । किनभने हामी र सेन्सर बोर्डका सदस्यहरूलाई ज्यान मार्ने धेरै धम्कीहरू आइरहेका छन् ।

‘श्रीमती गान्धीको हत्या नदेखाउन भनिएको छ । त्यस्तै, भिन्डरावाले र पञ्जाबको दंगा पनि नदेखाउन भनिएको छ । यो मेराका लागि अविश्वसनीय समय हो र देशमा अहिलेको अवस्था देखेर मलाई दुःख महसुस भइरहेको छ,’ उनले थपिन् ।

चलचित्रको ट्रेलर सार्वजनिक भएपछि पञ्जाबको बठिंडामा प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले कंगनाको पुत्ला समेत जलाएका थिए । शिरोमणि गुरुद्वारा प्रबन्ध कमिटीले निर्माताहरूलाई पत्र पठाउँदै सरकारसमक्ष चलचित्रलाई प्रतिबन्ध गर्न माग गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप