काठमाडौँसहित पाँच जिल्लामा पाँच सयभन्दा बढी डेंगु सङ्क्रमित

काठमाडौँ । काठमाडौँसहित पाँच जिल्लामा पाँच सयभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । डेंगु फैलिएका ७५ जिल्लामध्ये तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौँमा पाँच सयभन्दा बढी डेंगु सङ्क्रमित रहेका हुन् ।
ईडीसीडीका अनुसार हालसम्म तनहुँमा १ हजार ११६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, कास्कीमा ६४५, पर्वतमा ५८७, चितवनमा ५१७ र काठमाडौँमा ५११ जनामा डेंगु सङ्क्रमण देखिएको छ । जसअनुसार यी जिल्लामामात्रै ३ हजार ३७६ जनामा डेंगु सङ्क्रमण देखिएको छ ।
मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भइसकेको पनि ईडीसीडीले जनाएको छ ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ । डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते