देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो

काठमाडौँ । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा ५ हजार ५८९ जनामा फैलिएको डेंगु अगस्ट ३० मा ७५८ जना सङ्क्रमित थपिएर ६ हजार ३४७ जना पुगेको हुन् ।
देशभर फैलिएको ७५ जिल्लामध्ये सबैभन्दा बढी तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौँमा पाँच सय बढी डेंगु सङ्क्रमित छन् । देशभर ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क छ ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।
डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । लामखुट्टेको टोकाइबाट जोगिने उपाय नै अपनाउनु पर्ने चिकित्सक सुझाउ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै