भीमलाल सापकोटाको ‘धरौट’ सार्वजनिक

काठमाडौँ । लेखक तथा उपन्यासकार भीमलाल सापकोटाको नयाँ कृति ‘धरौट’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि साहित्यकार श्यामलले उपन्यास धरौट सार्वजनिक गरेका हुन् । उपन्यासले द्वन्द्वको घाउ बोलेको कार्यक्रममा श्यामलले भनेका छन् ।
उपन्यासलाई इटर्नल पब्लिकेशनले प्रकाशन गरेको हो । कार्यक्रम बाल साहित्यकार तथा इटर्नल पब्लिकेसन्सका प्रबन्ध निर्देशक यमुना पराजुलीको सभापतित्वमा सञ्चालन भएको थियो । उपन्यासमा तत्कालीन दश वर्षे जनयुद्धको त्रासद वर्णनका साथै बाहिर नआएका कतिपय वैदेशिक रोजगारका भित्री कथाहरू समेटिएको छ ।
वक्ताहरू लेखक तथा पत्रकार श्रीश भण्डारी र साहित्यकार भारती न्यौपानेले कार्यक्रममा किताबबारे आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा कवि राधिका कल्पित, प्रकाश रम्घाली, देवव्रत, मणि लोहनी, प्रोल्लास सिन्धुलीय, सञ्जीव राई, चन्द्र रानाँहछा, रसिकराज लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत ऊर्जा व्यापार : भारतीय बजार नेपालमा आइपुग्यो, नेपालसँग छैन उत्पादन
-
३३ औँ उपाधिबाट एक जित टाढा बायर्न
-
५ गोलको थ्रिलरमा रियललाई हराउँदै बार्सालाई कोपा डेल रे
-
आज कति पुग्यो डलरको मूल्य ?
-
आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : देशभर तापक्रम बढ्दै, केही स्थानमा वर्षा