एन्फा महिला लिग आजबाट, उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्दै
आइतबार, १६ भदौ २०८१, ०९ : २०
![एन्फा महिला लिग आजबाट, उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका भिड्दै](https://npcdn.ratopati.com/media/news/football1_2gK97rUa79.jpg)
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग आज (आइतबार)देखि सुरु हुँदै छ । लिगको उद्घाटन खेलमा कोशी प्रदेश र स्याङ्जाको वालिङ नगरपालिका भिड्दै छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश, विभागीय टोली एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबसहित ए, बी र सी डिभिजन क्लबबाट सङ्कटा क्लब, बागमती युथ क्लब तथा नगरपालिका २ टोली वालिङ र चन्द्रपुर नगरपालिका सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो थियो विक्की कट्रिनाको पहिलो भेट
-
मानव बस्ती बिचबाट लगिएको सव स्टेसनले जनताको उठिबास हुन्छ : सांसद गौतम
-
दुर्घटनामा ५ जनाको मृत्यु (विवरणसहित)
-
रविलाई जिल्ला घुमाएर पीडितको रकम फिर्ता हुन्छ ?
-
वैदेशिक रोजगारीमा विभिन्न देशमा पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
-
विद्युतीय व्यापार विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा प्रस्तुत