पठाओ पार्सल डेलिभरी महोत्सव : नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी

काठमाडौँ । नेपालकै डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले 'पठाओ पार्सल डेलिभरी महोत्सव' अन्तर्गत आगामी भाद्र १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन् ।
काठमाडौँ उपत्यकाका साना-ठुला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले एक महिने 'पठाओ पार्सल डेलिभरी महोत्सव' सुरु गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन् ।
पठाओले हाल नेपालका ३ सयभन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिँदै आएको छ । हमालका अनुसार काठमाडौँका असन, न्यूरोड, कालिमाटी, वनस्थली, कुलेश्वर र चाबहिलमा 'ह्युमन बिल्बोर्ड' डुलाएर कपडा, फेशन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ ।
पठाओ पार्सलबाट काठमाडौँ उपत्यकामा २४ घण्टा भित्र, उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा ३ दिन भित्र समान डेलिभरी भइसक्ने पठाओले जनाएको छ ।
२०२३ डिसेम्बरदेखि सेवा सुरु गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढी डेलिभरी गर्ने गरेको हमालले बताइन् ।
पठाओ पार्सलमा मर्चेन्ट बन्नका लागि एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोर तथा आइओएस प्रयोगकर्ताले एप स्टोरबाट पठाओ मर्चेन्ट एप डाउनलोड गरि सेवा लिन सक्नेछन् । त्यस्तै, pathao.parcel.com बाट पनि एप डाउनलोड गर्न सकिन्छ ।
पठाओ पार्सलमा आबद्ध भएका मर्चेन्टको आफ्नो छुट्टै प्रोफेसनल ड्याशबोर्ड हुने र त्यहाँबाट नै पेमेन्ट डिटेलका साथै आफ्नो पार्सल कहाँ पुग्यो भनेर ट्रयाक गर्न मिल्ने सुविधा छ । डेलिभरीबापत जम्मा भएको पैसा ४८ घण्टा भित्रै मर्चेन्टको खातामा जम्मा हुने हमालले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ