कांग्रेस केन्द्रीय समिति बैठक आज, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने
आइतबार, १६ भदौ २०८१, ०८ : १९
_u4mj1d1gem_1A8LUZHvPy.jpg)
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । गत २३ साउनदेखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा प्रभावित हुँदै आएको थियो ।
प्रतिवेदनमाथि शीर्ष तहमा सहमति जुटेकोले आजको बैठकले परिमार्जनसहित पारित हुने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ ।
केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ । शीर्ष नेताहरूको सम्बोधनसहित निर्णयहरू पारित गरेर बैठक आजै समापन गर्ने पार्टीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
-
पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण
-
‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे