आज चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
आइतबार, १६ भदौ २०८१, ०७ : ३१

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज चारवटा समितिको बैठक बस्दै छ । अर्थ समितिको बैठक बिहान ९ बजे बस्नेछ । समितिकै हलमा बस्ने बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।
आजै राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बिहान ११ः३० बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुनेछ ।
त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली कुटनीति : सन्तुलन कि अलमल ?
-
चीनमाथि अरू ट्यारिफ लगाउने ट्रम्पको चेतावनी बेअसर, एसियाली सेयर बजार हरियो
-
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम
-
मुम्बई हमलाका आरोपी रानालाई भारत नपठाउने अपिल अमेरिकी अदालतबाट खारेज
-
बार निर्वाचन : दोस्रो दिनको मतगणना सुरु, ६ वटा केन्द्रको गनिँदै
-
नेपाल आँखा अस्पतालमा बिरामीको प्रतिक्षाको समय एक घण्टामा सीमित