विपक्षीको पोस्टमा बार्साको ७ गोल

मड्रिड । ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले उत्कृष्ट सुरुवात कायम राखेको छ । शनिबार भएको खेलमा टोलीले रियल भालाडोलिडमाथि ७–० को शानदार जित हासिल गर्न भएको हो ।
खेलमा राफिन्हाले ह्याट्रिक पुरा गरे । खेलको २० औँ मिनेटमा उनले टोलीलाई अग्रता दिलाएका थिए । ४ मिनेट पछि रोबर्ट लेवान्डोस्कीले टोलीको अग्रता दोब्बर बनाए । यो सिजन उनको यो चौथो गोल थियो । पहिलो हाफको अतिरिक्त समयमा जुल्स कोउन्डेले टोलीका लागि तेस्रो गोल गरे ।
दोस्रो हाफमा पनि बार्साले गोल वर्षा जारी राख्यो । ६४ र ७२ औँ मिनेटमा गोल गर्दै राफिन्हाले आफ्नो ह्याट्रिक पुरा गरे । ८२ औँ मिनेटमा ड्यानी ओल्मोले टोलीको गोल सङ्ख्या आधा दर्जन पुर्याए । त्यसको ३ मिनेटपछि फेरान टोरेसले सातौँ गोल गरे ।
ह्यान्सी फ्लिकको टोली यो सिजन ला लिगाको सुरुवाती चार खेल जित्ने टिम हो । चार खेलपछि टोलीको १२ अङ्क रहेको छ ।
साबिक विजेता रियल मड्रिडभन्दा टोली ७ अङ्कले अघि रहेको छ । यद्यपि, रियलले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा
-
सरकारले ल्याएका ५ अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा प्रतिनिधिसभामा प्रस्तुत
-
यी हुन्, अनेरास्ववियुले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
‘अञ्जिला’ले कति पायो शो ?