हालान्डको लगातार दोस्रो ह्याट्रिक
आइतबार, १६ भदौ २०८१, ०६ : ४२

लन्डन । अर्लिङ हालान्डले लगातार दोस्रो ह्याट्रिक गरेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शत प्रतिशत रेकर्ड कायम राखेको छ । शनिबार राति भएको खेलमा सिटीले वेस्ट ह्याम युनाइटेडलाई ३–१ गोलले हराएको हो ।
खेलको १० औँ मिनेटमा बर्नार्डो सिल्भाको पासमा हालान्डले टोलीलाई अग्रता दिलाए । तर, रुबेन डियासले आत्मघाती गोल गरेपछि वेस्ट ह्याम खेलमा फर्कियो ।
३० औँ मिनेटमा नर्वेजियन फरवार्डले पुनः सिटीलाई अग्रता दिलाए । खेलको अन्त्यतिर अर्को गोल गर्दै हालान्डले टोलीको जित सुनिश्चित गरे ।
पछिल्लो खेलमा इपस्विचविरुद्ध पनि हालान्डले ह्याट्रिक गरेका थिए । ३ खेलमा हालान्डको यो सातौँ गोल थियो ।
सिटीका लागि उनले ११ वटा ह्याट्रिक गरिसकेका छन् । त्यस्तै, ६९ खेलमा व्यक्तिगत गोल सङ्ख्या ७९ पुर्याएका छन् । ३ खेलबाट ९ अङ्क बटुल्दै सिटी लिगको शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता