जुम्लामा चट्याङ लागेर १५ भेडा मरे
शनिबार, १५ भदौ २०८१, २२ : १९

जुम्ला । यहाँको लामाचौर पाटनमा चट्याङ लागेर १५ भेडा मरेका छन् । तातोपानी गाउँपालिका–४ स्थित लामाचौर पाटनमा आज दिउँसो ३ बजेतिर चट्याङ पर्दा १५ वटा भेडा मरेका वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए ।
गत साउन १५ गते तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका थिए । यसअघि जुम्लाको कनकासुन्दरी, तिला र गुठिचौरका पाटनमा पनि चट्याङ लागेर दुई सयभन्दा बढी भेडा मरेको पशुसेवा कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ