बजार
नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
शनिबार, १५ भदौ २०८१, २१ : ५३

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल १ रुपैयाँ मूल्य घटाएको हो ।
मूल्य घटेसँगै काठमाडौँमा पेट्रोलको मूल्य अब १६३ र डिजेलको १५४ रुपैयाँ पुगेको छ । भारतबाट मूल्य घटेर आएपछि आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको निगमको भनाई छ ।
नयाँ मूल्य आज राति १२ बजेर १ मिनेटदेखि लागू हुने निगमले जनाएको छ । त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ५ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ३५ (प्रतिकिलोलिटर) घटेको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’