सुपर ग्लु लगाएर जहाज उडाउन खोजियो भन्ने सत्य होइन : निगम

काठमाडौँ । नेपाल वायु सेवा निगमले सुपर ग्लु लगाएर जहाज उडाउन खोजेको भनेर गलत अफवाह फैलाइएको बताएको छ । निगमले यो हल्ला असत्य रहेको समेत बताएको छ ।
निगमद्वारा जारी एक सूचनामा भनिएको छः ‘निगमको एउटा जहाज उडेको र ३ वटा जहाज ग्राउन्डेड भएको भन्ने कुरा असत्य हो । सुपर ग्लु लगाएर जहाज उडाउन खोजेको भन्ने गलत अफवाह फैलाइएको हो, यो पनि असत्य हो ।’
निगमले अहिले २ वटा जहाज बाहिरी देशमा उडिरहेको र अर्को एउटा जहाज (वाइड बडी) सेप्टेम्बरको पहिलो हप्ताभित्र इटालीबाट बनेर आउने जनाएको छ । जहाज मर्मत कार्य विशिष्ट कार्य भएकोले अन्तर्राष्ट्रिय स्तर र सुरक्षा मापदण्ड पुरा गर्नुपर्ने हुँदा यसमा कसैले दबाब दिएर सुरक्षासँग सम्झौता गर्न नसकिने समेत निगमले जनाएको छ । निगमले जहाज पूर्णरुपमा सुरक्षित तवरले मर्मत भई आउने र एक हप्ताभित्र उडानमा जाने समेत जनाएको छ ।
निगमले अर्को एउटा जहाज २८ अगस्टमा मर्मतका लागि इटाली गइसकेकोले पूर्वनिर्धारित समय एक महिनाभित्र उडानमा आउने अपेक्षा गरिएको जनाएको छ । दसैँ तिहारमा ४ वटै जहाज(अन्तर्राष्ट्रिय) उडानमा ल्याउने गरी कार्य भइरहेको समेत निगमको भनाई छ ।
साथै आन्तरिकतर्फ हाल एउटा जहाज उडानमा रहेको र अर्को एउटा जहाजको इन्जिन फेरेर दसैंसम्म उडाउने तयारी भैरहेको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वर्षौपछि नाचघरमा फेरि ‘मुनामदन’
-
इमानदार कार्यकर्ताहरूले ओलीको गलत कार्यलाई स्विकार्दैनन्ः साह
-
‘नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’
-
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी