रुस : २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता
शनिबार, १५ भदौ २०८१, २१ : ०३

मस्को । रुसको पूर्वी क्षेत्रमा पर्ने कामचाट्का प्रायद्वीपमा २२ जना यात्रु बोकेको हेलिकप्टर बेपत्ता भएको छ । यो हेलिकप्टरमा पर्यटक सवार रहेका थिए । यो प्राचीन वाचकाजेट्स ज्वालामुखीबाट उडेको केही समयपछि रडारबाट गायब भएको रुसी सञ्चारमाध्यमले जानकारी दिएका छन्। यो क्षेत्र यसको सुन्दर वन दृश्यहरूका लागी परिचित छ।
रुसी अधिकारीहरूले यस क्षेत्रमा बाक्लो कुहिरो र खराब मौसमले हेलिकप्टरको खोजीमा बाधा पुर्याएको बताएका छन् । रुसको सुदूर पूर्वी क्षेत्रमा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन् । यहाँ जनसङ्ख्या कम छ र मौसम पनि खराब रहन्छ।
तीन वर्षअघि खराब मौसमका कारण कामचट्कामा हेलिकप्टर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाइल्याण्ड प्रस्थान
-
तने बोडीमा अत्यधिक विषादी भेटियो
-
बयान फेर्नेलाई अख्तियारले चलायो मुद्दा
-
छत्रमान सुब्बाको ‘साहित्यमा उत्तर–चेतको खोजी’ लोकार्पण
-
दुई दिनमा सलमानको ‘सिकन्दर’को कमाई ५० करोड भारु
-
अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति