१० खेलाडीमा सीमित आर्सनल रोकियो
शनिबार, १५ भदौ २०८१, २० : ५९

एमिरेट्स स्टेडियम । १० खेलाडीमा सीमित बनेको आर्सनल आफ्नै घरेलु मैदानमा बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा आर्सनल र ब्राइटनबिचको खेल १–१ को बराबरीमा टुंगिएको हो ।
खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । काइ हाभर्टजले ३८ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै डेक्लन राइसले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य बने । यसको फाइदा उठाउँदै ९ मिनेटपछि जोआओ पेड्रोले ब्राइटनका लागि बराबरी गोल फर्काए ।
३ खेलपछि ब्राइटन र आर्सनलको समान ७–७ अंक रहेको छ । केही समयका लागि भए पनि ब्राइटन शीर्ष स्थान र आर्सनल दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ