आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

लुम्बिनी विकास कोषको परिषद् बैठकमा नीति कार्यक्रम र बजेट पेस

बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाऔँ : मन्त्री पाण्डे
शनिबार, १५ भदौ २०८१, २० : ५५
शनिबार, १५ भदौ २०८१

कपिलवस्तु । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना ल्याइने बताएका छन् । शनिवार बुद्ध जन्मस्थल लुम्बिनीमा बसेको परिषद् बैठकमा उनले सो कुरा बताएका हुन् ।

सोही क्रममा मन्त्री पाण्डेले लुम्बिनीबाट विश्वमा बुद्धको सत्मार्ग र सदाचारको सन्देश दिनुपर्ने बताउँदै यसका लागि लुम्बिनी विकास कोषसँगै समुदाय, पर्यटन व्यवसायी र लुम्बिनीमा रहेका गुम्बा बिहारहरूबिच एकता आवश्यक रहेको बताए । 

सबै पक्ष मिलेर पृथ्वीको एउटा कुनाबाट बुद्धको सन्देश फैलाउनुपर्नेमा जोड दिँदै मन्त्री पाण्डेयले भने–  ‘लुम्बिनी संस्कृतिको प्रतीक हो, सगरमाथा प्रकृतिको शिखर हो, मन्त्रालयले यी दुवैलाई जोडेर काम गर्ने योजना अघि सार्नेछ ।’

बैठकमा लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट पेस भएको थियो  । 

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिक तर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षिय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषदमा पेस गरेका छन् ।

यस्तै सदस्यसचिव सानुराजा शाक्यले दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रक्रिया अगाडि बढाउने, लुम्बिनी वर्ल्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेस गरेका छन् ।

परिषद्मा पेस भएका नीति कार्यक्रम र बजेटमाथि व्यापक छलफल गरी लुम्बिनीको प्रवर्द्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रूपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ । मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना देखिने गरी अर्को परिषद् बैठक मार्फत पारित गर्ने बताए ।

बैठकमा कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले आफू लुम्बिनी बनाउने दृढ सङ्कल्पका साथ जिम्मेवारी निर्वाह गरेको बताउँदै आम्दानी निकै थोरै भएकाले चाहेर पनि धेरै कामहरू गर्न नसकिएको बताए । उनले आगामी दिनमा रचनात्मक कामका साथ बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए । 

बैठकमा मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डे, लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन खाँन, उपप्रमुख कल्पना हरिजन आमन्त्रित सदस्यका रूपमा तथा कोषका योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य, परिषद सदस्यहरूको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप