मिस युनिभर्स नेपालको ताज सार्वजनिक
शनिबार, १५ भदौ २०८१, १९ : ३५

काठमाडौँ । आगामी साता हुने मिस युनिभर्स नेपालको ताज सार्वजनिक गरिएको छ । “स्टार अफ द युनिभर्स” नाम दिइएको क्राउन मिस युनिभर्स २०२३ सेनिस पलासियोसले गरेकी हुन् ।
२४५ ग्राम ह्वाइट गोल्ड र विभिन्न बहुमूल्य पत्थर प्रयोग गरेर बनाइएको क्राउन शनिबार साँझ एक समारोहकाबीच सार्वजनिक गरिएको हो । क्राउनको मूल्य अहिले बजार मूल्य अनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् ।
भदौ २२ गते शनिबार हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदैछ । मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना पहिलोपटक ग्लोबल ग्ल्यामरले गर्न लागेको हो । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजकले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू
-
ट्यारिफ मामिलामा ट्रम्पलाई घेर्दैछन् अर्बपतिहरू, निर्वाचनमा समर्थन गरेकाहरूले गर्न थाले विरोध
-
कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड
-
बार निर्वाचन : एमाले-कांग्रेसनिकट गठबन्धनका मिश्रले बढाए मतान्तर, श्रेष्ठ गृह जिल्लामै कमजोर