चट्याङका कारण सिन्धुलीमा एक जनाको मृत्यु
शनिबार, १५ भदौ २०८१, १८ : ४५

सिन्धुली । सिन्धुलीको मरिणमा चट्याङका कारण एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो १ः ४९ बजेको समयमा परेको चट्याङका कारण एक पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चट्याङका कारण मरिण गाउँपालिका वडा नम्बर–७ बाह्रबिसेका चन्द्रबहादुर माझीको मृत्यु भएको हो । घरभन्दा एक किलोमिटर दक्षिण तर्फको चौरमा गोठालो गएको अवस्थामा ६५ वर्षका माझी चट्याङका कारण घाइते भएका थिए ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङका कारण घाइते भएका माझीको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा २ः२५ बजेको समयमा मृत्यु भएको हो ।