शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एन्फा महिला लिग २०८१ को तयारी पुरा

शनिबार, १५ भदौ २०८१, १५ : ५४
शनिबार, १५ भदौ २०८१

काठमाडौँ । अखिल नेपाल फुटबल संघको आयोजनामा आइतबारदेखि एन्फा महिला लिग २०८१ फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिनको ठिक ३ बजे कोशी प्रदेश र वालिङ नगरपालिकाबिच हुनेछ । 

प्रतियोगिताको उद्घाटन खेलमा सबैलाई प्रवेश निःशुल्क गरिएको छ । प्रतियोगितामा जम्मा १० टिमको सहभागिता रहनेछ । विभागीय तीन टिम- त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, ए, बी र सी डिभिजन क्लबबाट २ टिम- संकटा क्लब र बाग्मती यूथ क्लब, नगरपालिका २ टिम -वालिङ्ग नगरपालिका र चन्द्रपुर नगरपालिका) र एन्फा वुमन्स लिग क्वालिफार्स २०२४ का उत्कृष्ट तीन टिम- कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश) को सहभागिता रहनेछ ।

प्रतियोगिता १० टिमबिच सिङ्गल राउन्ड रोविनको आधारमा ४५ खेल सञ्चालन हुनेछ । सिङ्गल राउन्ड रोविनबाट उत्कृष्ट पाँच टिमबिच डबल राउन्ड रोबिनका आधारमा सुपर लिगमा २० खेल हुनेछ । 

सुपर लिगका उत्कृष्ट चार टिमबिच क्वालिफायर्स , एलिमिनेटर र फाइनल ४ खेल गरि कुल ६९ खेल हुनेछ ।

प्रतियोगिताको विजेतालाई नगद रु १० लाख, उपविजेतालाई रु ५ लाख, उत्कृष्ट खेलाडीलाई नगद रु १ लाख, फेयर प्ले टिमलाई नगद रु १ लाख ५० हजार, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान रु ५० हजार प्रदान गरिनेछ । हरेक खेलका प्लेयर अफ द म्याच लाई नगद रु ५ हजार प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत रु २ करोड २४ लाख ६८ हजार ६९८ रहेको छ । 

 एन्फाले प्रतियोगिताका सबै तयारीहरू पुरा गरेको जानकारी दिएको छ । प्रतियोगिताका सबै खेलहरू हाम्रो खेलकुदबाट प्रत्यक्ष प्रसारण हुनेछन् । प्रतियोगिताका खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटो र दशरथ रंगशालामा खेलाइनेछ भने टिकट दर रु १०० कायम गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप