‘ए दिदी भिनाजु खै’ मा मिना र राजनराजको अभिनय
शनिबार, १५ भदौ २०८१, १४ : ४६

काठमाडौँ । गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका शसिका राईको स्वर रहेको तिज गीत ‘ए दिदी भिनाजु खै’ सार्वजनिक भएको छ । शिवाकोटीकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा दिदीभाईको प्रेमभावलाई नजिकबाट देखाइएको छ ।
वर्ष दिनपछि आफ्नो माइतीलाई भेट्दा हुने खुसी देखाइएको छ । भिडियोका निर्देशक दिलिप समन हुन् । मिना बर्तौला र गायक शिवाकोटीकै अभिनय रहेको भिडियोमा गीता थापा, सृष्टि उग्रकोटी, खेम नेपाली, सुनिल न्यौपाने, सुनिल बुढाथोकी लगायतको अभिनय देख्न सकिन्छ ।
विशाल थापाको छायाङ्कन, नकुल खड्काको सम्पादन रहेको छ भने भिडियो समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनालाई हराउँदै आयोजकले उचाल्यो गोर्खाली रग्बी सेभेन्स
-
माओवादी अभियान : सर्लाहीदेखि पश्चिमका समय तालिका हेरफेर, कहाँ कहिले ?
-
चलचित्र विकास बोर्ड र नेपाल प्रहरीबिच लागुऔषध विरुद्धको महाअभियानमा सहकार्य गर्ने
-
हाँसोको सिद्धान्त : किन हाँस्छ मान्छे ?
-
फिल्म‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक
-
पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए