कैलालीमा चरेससहित एक व्यक्ति पक्राउ
शनिबार, १५ भदौ २०८१, १४ : २९

कैलाली । कैलालीमा लागु औषध चरेससहित एक व्यक्ति पक्राउ परेका छन् । शनिबार वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोली बझाङ जिल्ला केदारस्युँ गाउँपालिका ७ बस्ने ४२ वर्षीय जनक धामीलाई ४.५ केजी चरेससहित पक्राउ गरेको हो ।
धामीबाट चरेससहित ७५ हजार रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । पक्राउ परेका धामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड