सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ र सातौँ वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत भएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत आइतबार बसेको परिषद्को ३४ औँ बैठकले आव २०७९/८० र आव २०८०/८१ को वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरेको परिषद् सचिवालयले जनाएको छ । बैठकले संविधानबमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ ।
बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षा भएको थियो । बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारेमा छलफल भएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, कायममुकायम प्रधानसेनापति र रक्षासचिव सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डमा हवाई यात्राका लागि ‘बायोमेट्रिक प्रणाली’
-
१२ बजे, १२ समाचार : कांग्रेसमा सरकारलाई हेर्ने ‘दुई आँखा’ देखि 'दानको जग्गा विवादमा एमालेलाई सर्वोच्चको झड्का' सम्म
-
शिक्षकको आन्दोलनले सात हजार बढी विद्यार्थी प्रभावित
-
विविधतापूर्ण प्रकृति र संस्कृतिलाई संसारभर उजागर गर्नुपर्छ : मन्त्री पाण्डे
-
देवीगाउँ-पत्रङबारी–कन्यापोखरी सडक नबन्दा यात्रुलाई सास्ती
-
बक्सिङमा स्वस्तिका फाइनलमा