आफ्नै प्रतिविम्ब

मलाई यसै यसै तिमीसँग भएको हो प्रेम
थाहा छ
प्रतिदानलाई चुनौती दिँदै उम्रेको हो प्रेमको बिरुवा
एकोहोरो तिमीले नै खन्याएपछि सद्भावी रंगहरू
लहरिएँ म तिमीसँग
लट्ठिएँ म तिमीसँग
बिना कुनै संकोच
बिना कुनै भय
कुनै रोकले नरोकिने
गन्तव्यबिनाको यात्रा तय भयो नि !
हेर त
चन्द्र–सूर्यको बाटोजस्तै अनन्तसम्मको
निर्बाध सुतेका बालुवाहरूजस्तै असङ्ख्य सपनाहरूको
केही आशाको अनि
केही विश्वासको
केही जीवन–गीतहरूको योगको ।
अचम्म छ
मैले त मेरा निम्ति हिँडाएकी थिएँ आफूलाई
कोलाहलसँगै भिडाएकी थिएँ आफूलाई
अत्तालिएकी म
रन्थनिएकी म
कसो कसो आइपुग्यौ तिमी
र गर्यौँ साउती
फर्केर हेरेँ
हो त्यहीँ नै भयो भेट
अनि
जीवनसँग
पलायो राग
तिमीसँगै उदय र तिमीसँगै अस्त हुँदै
सकिनेछ यो सबै समयहरू
ऐनाअघि उभिएर
आलिङ्गन गर्न पुग्छु
कसैलाई
यो यात्राको मन मिल्ने साथी आफैँलाई
आफ्नै प्रतिविम्बलाई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी
-
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
-
मौसम पूर्वानुमान : छैन वर्षाको सम्भावना, तापक्रम बढ्दै जाने
-
नारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल