कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषकहरूको आयस्तर वृद्धि गर्न निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । मन्त्री अधिकारीले शनिबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको छैटौँ वार्षिक उत्सवमा आयोजित कार्यक्रममा बोल्दै निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
उनले रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने, चक्लाबन्दी र सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने विषयलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताए ।
सो कार्यक्रममा राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासङ्घ, नगरपालिका सङ्घ, राष्ट्रिय सहकारी महासङ्घ, उद्योग वाणिज्य महासङ्घ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढी सरोकारवालाहरूको उपस्थितिमा कार्यत्रपत्र प्रस्तुत गरिएको थियो ।
त्यस्तै कार्यपत्रमाथि आफ्ना दृष्टिकोण राख्ने क्रममा वक्ताहरूले सङ्घ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरू औद्योगिक आयोजनाको विकासमा, स्थानीय सरकारहरू उत्पादन र वितरणमा, निजी क्षेत्र प्रविधि प्रसार, उद्योगहरूको सञ्चालन तथा व्यवस्थापन र बजारीकरणमा, सहकारी क्षेत्र कृषक र उपभोक्ताहरूलाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाको रूपमा र विकास साझेदारहरू क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. जयवहादुर टण्डनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यकताको विषय उचित रहेको बताउँदै यसलाई छलफलमा ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रम कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियालाई हराउन नेपालले १४० रन बनाउनुपर्ने
-
सिमेन्टको तीन महिना अघिकै मूल्य कायम गरिनुपर्छ : ज्वाला साह
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण