सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी साताको कविता

रेशम विरहीका तीन कविता

शनिबार, १५ भदौ २०८१, ११ : १३
शनिबार, १५ भदौ २०८१

१) प्रपञ्चतन्त्रका पाँच महामन्त्र

(१)
जब म देख्छुु उसलाई
अक्षांशको डिलमा टुुक्रुुक्क बसेर
बुुट्टा भरिरिरहेको एउटा मानिस
धर्तीका अनेक परिधानमा शिल्प
कतै वर्णाकारले चेपिएर
कतै वंशाधारले थिचिएर
कतै रक्तकणले हेपिएर 
कतै प्रतिवर्गीय ध्रुुवले मिचिएर
नीला आँखा र पहेँलो चेहरा आकाशतिर फर्काएर
हेर्छ आफ्नै पसिनाले उभिएको देवल
र हरेक देशान्तरको भाष्यहरूमा पढ्छ
समानान्तर कुुटिल शास्त्रहरूको महामन्त्र
अजपा नाम गायत्री योगीनाम् मोक्षदायिनी !

(२)
भ्वाङ परेको खास्टो ओढेर 
बैँशले उन्मत्त साइबरको आकाशमुुनि
आदिमकालको सिरानीमा निदाउँछ हरेक रात
उदाउँदा घाम निदाउँछ उसको नियति
अस्ताउँदा घाम उदाउँछ उसको सपना
चन्द्रलोक चहार्छ उसको पौरख
यहलोकमा मुुर्छित हुुन्छ उसको भोक
माटाको चपरी उधिनेर फुुलेका 
अनेक फूूलहरूको माधुुर्यमा
जीवनको सुवासबाट आएको एउटा ध्वनि 
सुुन्छ मध्यरातको सुनसानमा कतै 
विश्वकर्मा महाभागे यज्ञः शिल्प प्रजापति !

(३) 
हरेक दिन उसको अगाडि उभिन्छ
मध्यरातको विरुपाक्षझैँ एउटा कुुरूप सभ्यता
बजाउँछ उसकै पौरखको ढोलक
निदारको पसिना पुुछ्दै सुुनिरहन्छ  
समय र समताको चिच्याहटलाग्दो दुुन्दुुभि
र हिँडिरहन्छ निरन्तर ज्यावल बोकेर
मल–मूुत्र बोकी हिँड्ने सुुनीतझैँ अनन्तयात्रा
र खोजिरहन्छ सर्वत्र 
आफ्नै रगतको रङमा विचारको अस्त्र
बुुद्धले दिएको प्रवज्याजस्तै
मुुक्ति र समताको सिंहदरबार
आफ्नै गर्भासयको ओढारमा
भोगिरहन्छ नर्कलोक र सुुनिरहन्छ सधैँ
जननीजन्मभूूमिश्चः श्वर्गादपिगरियसी !

(४)
असरल्ल छन् उसका दुुःखहरू, सर्वत्र
खिल पल्टिएको पैैतालाको घाउ 
चिरा परेको कुुर्कुुच्चा र कलेटी परेका ओठ
जीवनको सौैन्दर्य गुुमाउँदै गएको यस याममा
उसको शरीरमा पोखिएको छ चिसो घाम
मरेको सर्पको स्पर्शजस्तै
विपरीत बतासको प्रकोप खपेर
बोकिरहेको छ अझै
लोकतन्त्र नामको जीर्ण नाम्लोले
प्राकृत सत्यमाथि अप्राकृत जङ्गलको
संस्कार थाम्ने अजीर्ण महापुुराणका ठेलीहरू
सत्यमेवः जायते !

(५)
ऊ देखिरहन्छ निरन्तर आफ्नै आँखाअगाडि
अर्धनग्न सुुतिरहेको बादशाहको खुुनी चेहरा
र सुुनिरहन्छ रक्तरञ्जित संगीतको अन्तरामा
मानवताविरुद्ध त्रिपुुर भष्मजस्ता
पाप र मोक्षको स्वैरकाल्पनिक भयका शङ्खध्वनि
जब म देख्छुु—
पिरामिडको पिँधमा बसिरहेको एउटा मान्छे
खोस्रिरहेछ बाँझो चौर
उमारिरहेछ अन्नका भकारी
चढाइरहेछ अस्त्रहरूमा पाइन
बनाइरहेछ नवीन शिल्पका परिधान
भोका आन्द्राहरूको पिङमा झुुन्डिएर
पढिरहेछ हरदम सदियौँदेखि
भ्रामक परिभाषाको कालो दस्ताबेजका
पाना पाना उधिनेर
कर्मण्येवाधिकारस्ते माफलेषुुकदाचनः !

००

२) जीवनयात्रा

म भुुवा
सेतो, निख्खर सेतो
मुुलायम र कोमल
स्पर्शमा संवेदित 
म उड्छुु 
आकाश गङ्गाको छातीभरि
र हेर्छुु मनोरम संसारको कौमार्य

म स्वेतमाला
स्निग्ध हिमालजस्तो कञ्चन
ममाथि पोखिने 
कलिलो सूूर्यको लाली
र मेरो आलिङ्गनबाट सन्तृप्तिको
मुुस्कानमा प्राञ्जल 
कुुमारी धरा

म रक्तकोशिका
बैँसको खुुड्किलो टेक्न लागेको
घामको रापजस्तो
न्यानो र उत्तप्त समयको दिशा
मेरो ब्रह्म चेतनाको धारिलो
विचारको क्षेप्यास्त्र
दुुनिया ब्युुँझाउने महाशास्त्र

म भुुवा 
सेतो, निख्खर सेतो
कलिलो सूूर्यको लालिमाजस्तो
मेरो सौन्दर्यमा
पर्नेछैन कुुनै कालो टीका
मेरो जीवनको स्निग्ध यात्रा
स्वेताम्बर ओढेको रक्तवर्ण

००

३) अचानक बाटोमा भेटिएकी 
एउटी सुुन्दरीसँग पे्रमालाप

बिहानको कलिलो घामको आभा पोखिएजस्तो
राताम्य चेहराको मैदानभरि निष्कपट र शान्त 
तलाउमा मेरा आँखा चुुर्लुुम्म डुुबे ।

दुुई चुुल्ठीमा झुुन्डिएको 
लालीगुुराँसको फूूलजस्तो
कौमार्यको थुुङ्गा फक्रन बाँकी यौवन 
अचानक बाटोमा भेटिएकी सुुन्दरीलाई
मैले टोलाएर हेरिरहेँ ।
कलिलो वयका निश्चल आँखाको डिलमा
औँसीको निःस्तब्ध रातका ताराझैँ
विषाद र भयले झिमझिम परेलाका मसिना
केस्राहरूको बगैँचामा 
म निकैबेर हराएँ ।

उनको रातो ओठको पर्खालबाट
रुखको डाली छोडेर 
फुुत्रुुक्क झरेको ढुुकुुरझैँ
एक फाँको मुुस्कानको रापमा
म निथ्रुुक्क भएर पसिनाले भिजेँ ।

दीपशिखाजस्तो देहको खुुड्किलाहरूका
स्निग्ध,कोमल र अपरिमित सौन्दर्यको चहक
कतै बास खोजिरहेका चराका बचेराजस्ता 
भित्रभित्रै मारुनी नाचेझैँ
आँखाका नानीहरूको मादकतामा
म लट्ठिएँ र कतै हराएँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रेशम विरही
रेशम विरही
लेखकबाट थप