नाडा अटो शोमा ट्राइम्फका १५० भन्दा बढी मोटरसाइकल बुकिङ
शनिबार, १५ भदौ २०८१, ११ : १०
१

काठमाडौँ । यस वर्षको नाडा अटो शो २०२४ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । हालसम्म १५० भन्दा बढी सङ्ख्यामा मोटरसाइकल बुकिङ भएको कम्पनीले जानकारी दिएको हो ।
नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात नेपाली अटोमोटिभ क्षेत्रको अग्रणी नाम, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि ले गरिरहेको छ । यस नाडा अटो शो मा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पिड ४०० सार्वजनिक गरिएको छ ।
गोल्छा ग्रुपका डाइरेक्टर,अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने, ‘यस उपलब्धिले हामीलाई निकै गौरवान्वित बनाएको छ । नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट
-
चीनको विकास नेपालका लागि प्रेरणा – दिनानाथ शर्मा
-
गौतमबुद्ध विमानस्थलमा पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न माग