शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

नयाँ ओप्पो ए–३ सार्वजनिक

शनिबार, १५ भदौ २०८१, १० : २७
शनिबार, १५ भदौ २०८१

काठमाडौँ । ओप्पोले नेपालमा आफ्नो नयाँ एसिरिजको स्मार्टफोन ओप्पो ए–३ सार्वजनिक गरेको छ । दैनिक प्रयोग गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको यो नयाँ शृङ्खलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट फ्ल्यास चार्ज समावेश छ  । 

१००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युममोड, स्न्यापड्रागन टक फोर जी एचजी वान मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेज सहितको ओप्पो ए३सँग गेमिङ देखि भिडियो स्ट्रिमिङ सहितसबै मनोरञ्जन अनुभवलाई उत्कृष्ट बनाउँछ । 

विश्वसनीयताको लागि प्रयोगात्मक र टिकाउ डिजाइन

दैनिक प्रयोगको विश्वसनीयता सुनिश्चित गर्न डिजाइन गरिएको ओप्पो ए३ मा डबल–टेम्पर ग्लास सहित नवप्रवर्तनकारी सामग्रीहरूसमावेश गरिएको कम्पनीको दाबी छ । जसले दैनिक गिरावटबाट हुन सक्ने असरहरूबाट फोनलाई सुरक्षित राख्दछ । 

यसका अतिरिक्त, आइपी फिप्टीफोर रेटेड यी दुई मोडेलहरू वाटर र डस्ट रसिस्टेसन छन् जसले सामान्य कफी, दूध चिया, सूप, र पोरिजबाट हुन सक्ने चिपचिपापनबाट सुरक्षित राख्दछ । साथै, स्प्ल्याश टच सुविधाको साथ, स्क्रिन भिजेको बेला टच एक्युरेसी र प्रतिक्रियासुधार गर्न सकिन्छ । यो सुविधामार्फत प्रयोगकर्ताहरूले हल्का वर्षामा, स्विमिङ पूलबाट बाहिर निस्केपछि, वा अन्य धेरै दैनिककार्यहरुमाभिजेको हातले फोन चलाइरहन सक्नेछन् । 

ओप्पो ए३ को मूल्य ६/१२८ जिबी स्टोरेज भेरियन्टको २२ हजार नौ सय ९९ रुपैयाँ र ८/२५६ जीबी भेरियन्टको २७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । ओप्पोका सबै रिटेलरहरूको स्टोरमा यो उपलब्ध हुने कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप