ब्राजिलमा एक्समाथि प्रतिबन्ध
शनिबार, १५ भदौ २०८१, ०९ : २४

ब्रासिलिया । ब्राजिलले सोसल मिडिया प्लेटफर्म एक्समाथि प्रतिबन्ध लगाएको छ। ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि यो कदम चालिएको हो ।
दिइएको म्यादभन्दा पहिले एक्सले ब्राजिलमा आफ्नो कानुनी प्रतिनिधि नियुक्त गर्न असफल भएको थियो। अदालतका सबै आदेशहरू पुरा नगरेसम्म र जरिवाना नतिरेसम्म एक्सलाई ‘तत्काल र पूर्णरुपमा प्रतिबन्ध’ गर्न न्यायाधीश अलेक्जान्डर डे मोरेसले आदेश दिए ।
यो सम्पूर्ण मुद्दा यस वर्ष अप्रिलमा सुरु भएको थियो । त्यतिबेला न्यायाधीशहरूले गलत सूचना फैलाएको आरोपमा दर्जनौँ एक्सका खाताहरू प्रतिबन्ध लगाएका थिए ।
उक्त आदेशको जवाफ दिँदै एक्सका मालिक एलन मस्कले भनेका थिए, ‘ वाक् स्वतन्त्रता कुनै पनि लोकतन्त्रको जग हो र जनताबाट निर्वाचित नभएका ब्राजिलका न्यायाधीशहरूले राजनीतिक दबाबमा परेर यसलाई बर्बाद गरिरहेका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक