पर्यटन
गर्मी छल्न जाने होइन त मैलुङ्ग झरना ? (तस्बिरहरू)
शनिबार, १५ भदौ २०८१, ०७ : ५५
![गर्मी छल्न जाने होइन त मैलुङ्ग झरना ? (तस्बिरहरू)](https://npcdn.ratopati.com/media/news/mailung-jharana-(1)_JuGRKUz4F2.jpg)
काठमाडौँ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा पर्ने मैलुङ्ग झरना यति बेला गर्मी छल्नका लागि आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।
चलनचल्तीको रूपमा भाङ्गे झरनाको नामले समेत चिनिने सो झरना अहिले भने मैनुङ्ग झरना नामले विभिन्न सामाजिक सञ्जालमा समेत चर्चित भएको छ । सोही कारण अहिले झरना हेर्न आउने, टिकटक बनाउने र रमाउन आउने आन्तरिक पर्यटकको रोजाइमा परेको छ सो झरना ।
राजधानी काठमाडौँदेखि करिब ७० किलोमिटर दूरीमा रहेको सो झरना मोटरसाइकल तथा बसको प्रयोग गरी पुग्न सकिन्छ । जहाँ त्रिसुली नदी मुनीबाट बगेको छ भने मैलुङ्ग झरना माथिपट्टि रहेको छ ।
गर्मी बढेसँगै सो झरनामा गर्मी छल्न मान्छेको भिड बढ्ने गरेको स्थानीयहरू बताउँछन् । त्यस्तै अन्य दिनहरूको तुलनामा शनिवार भने अत्यधिक भिड लाग्ने गर्दा छ । तस्बिर : फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट