एनआईसी एशिया बैंकद्वारा लिलाम विक्री पोर्टल सार्वजनिक

काठमाडौँ । एनआई सी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम विक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ ।
जसमा ग्राहकको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन)पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ ।
यसरी ग्राहकले लिलाम विक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला: मेटमणि चौधरी
-
मुलुकको कुल विद्युत् खाँचो स्वदेशी उत्पादनले आपूर्ति गरौँ : सांसद जबरा
-
मोरङमा एक अर्ब लगानीमा औषधि उद्योग खुल्दै
-
ठुलो रकम खर्च गरेर आफ्नै पूर्वखेलाडीलाई भित्राउने तयारी गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोना
-
झापामा १५ तोला सुन चोरी
-
पोखरीमा डुबेर दुई जनाको मृत्यु