१० बजे, १० समाचार
आज मिति २०८१ साल भदौ महिनाको १४ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. ३० वर्षे सेवा अवधि विवाद
नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीशद्धय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको भ्याटेकमा माग बमोजिम हुने आदेश गरेको हो ।
२. जसपा नेपालमा असन्तुष्टि
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पदाधिकारी तथा कार्यकारिणी समिति सदस्य चयन गरेपछि पार्टीमा तीव्र असन्तुष्टि बढेको छ । त्यसको फाइदा हालै सो पार्टीबाट अलग भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई हुने देखिएको छ ।
३. साताको सेयर बजार
यो साताको चार दिन सेयर बजारको कारोबार भयो । अघिल्लो साताको अन्तिम दिन ६ अंकको वृद्धि भएको बजार यो साताको पहिलो दिन नै ७९.८८ अंकले घट्न पुग्यो ।
आइतबार परिसूचक २८९४ बिन्दुमा पुगेर कारोबार रोकियो । सोमबार सार्वजनिक बिदा भएकाले सेयर कारोबार भएन ।
४. बेहाल राष्ट्रिय राजमार्गहरु
मुलुकको राजधानी जोड्ने लाइफलाइनको रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक स्तरोन्नति सुरु भएको दुई वर्ष भयो ।
दिनमा १५ हजारभन्दा बढी सवारीसाधन आवातजावत गर्ने सडकको स्तरोन्नति सुरु भएपछि अवस्था झन् नाजुक बनेको छ । दुई लेनको साँघुरो सडकमा हुने जामले वर्षौंदेखि सर्वसाधारणलाई सास्ती दिइरहेकोे थियो । त्यसमा झन् विस्तारको काम सुरु भएपछिको हैरानी, जाम र दुःखको कथा बग्रेल्ती छ । रातोपाटीमा राजमार्गहरुको बेहाल अवस्थाबारे प्याकेज स्टोरी छापिएको छ ।
५. वैदेशिक लगानी
गत असार मसान्तसम्म नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यसमा भारतबाट सबैभन्दा बढी अर्थात् ३५ प्रतिशत लगानी भित्रिएको छ । भारतका विभिन्न कम्पनीको नेपालमा १ खर्ब ३ अर्ब ४५ करोड लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।
६. राष्ट्रपति सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम
राष्ट्रपति रामचन्द्र पौडेल भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका छन् । हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम अन्तर्गत राष्ट्रपति पौडेल आज दरबार स्क्वायर क्षेत्र पुगेका हुन् ।
७. राजदूतको संसदीय सुनुवाइ
सरकारले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका राजदूतमाथि उनीहरू अयोग्य रहेको उजुरी गर्ने उजुरी कर्ताहरूसँग छलफल सुरु भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल सुरु भएको हो ।
८. हदम्याद हट्यो
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचारसम्बन्धी कसुरमा पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको छ। शुक्रबार बसेको समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सरकारले ल्याएको पाँच वर्षे हदम्याद हटाउने विषयमा सहमति जुटेको हो।
९. रास्वपामा अर्को बर्खास्ती
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय महामन्त्री मुकुल ढकाल बर्खास्त भएलगत्तै सो पार्टीका सुदूरपश्चिम महामन्त्री पारस बाहुन पनि बर्खास्त भएका छन् । रास्वपा सुदूरपश्चिम कार्यसमितिका सभापति प्रकाश विष्टले एक विज्ञप्तिमा जारी गर्दै बाहुन पदमुक्त भएको जानकारी गराएका हुन् । उनलाई बिहीबार पदमुक्त गरिएको हो ।
१०. फ्राइडे रिलिज
शुक्रबारबाट फिल्म ‘वर एन्ड वधु’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको ‘वर एन्ड वधु’ले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपि देशभरका हल यो फिल्मले मात्र पाएको छैन । किनभने कतिपय स्टेसन अघिल्लो साताको फिल्म ‘सतीदेवी’ले पनि कब्जा गरेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, पहिलो दिन ११ विकेट खस्यो
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर
-
एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
-
कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत, तस्बिरहरू