सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

नेपाल विश्वविद्यालय विधेयक पारित

शुक्रबार, १४ भदौ २०८१, २१ : ३८
शुक्रबार, १४ भदौ २०८१

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना  प्रविधि समितिको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफल गरी पारित गरेको छ । राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयक प्रतिनिधिसभाबाट २०८० भदौ ६ गते दफावार छलफलको लागि समितिमा प्राप्त भएको थियो ।  

समितिमा टुंगिन बाँकी दफाहरुमाथि छलफल गरी समितिमा प्रतिवेदन पेस गर्न समितिले २०८१ असार १३ गते सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा सदस्यहरु दीपा शर्मा र डिगबहादुर लिम्बु सदस्य रहेको ३ सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदन माथि समितिमा छलफल गरी आज पारित गरेको हो । समितिबाट पारित उक्त विधेयक सभाको भदौ १८ गतेको  बैठकमा पेस हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप