ओली–देउवा विरुद्ध नाराबाजी गर्नेहरू धरौटीमा रिहा
शुक्रबार, १४ भदौ २०८१, २० : २३

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेकाहरू छुटेका छन् । सुर्खेत घर भएका गोपीराम जैशी र राम बहादुर बुढासहित ३ जना धरौटीमा रिहा भएका हुन् ।
उनीहरूलाई जनही ९ हजार धरौटीमा रिहा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए । भदौ १० मा टुँडिखेलमा आयोजित गौरा पर्वमा सम्बोधन गर्ने क्रममा उनीहरुले प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी गरेका हुन् । भोलिपल्ट काठमाडौँ प्रहरीले उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
-
धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप
-
आउट भएर पेभेलियन फर्कँदै गरेका रिकेल्टनलाई यसकारण फेरि ब्याटिङ गर्न बोलाइयो
-
हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
-
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?