यादव पक्षको भ्रममा नपर्न बाबुराम पक्षको आग्रह

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)को डा. बाबुराम भट्टराई पक्षले पार्टीका नेता महिन्द्रराय यादव पक्षले फैलाएको भ्रममा नपर्न आग्रह गरेको छ । शुक्रबार भट्टराई पक्षका प्रवक्ता कृष्ण शर्माले विज्ञप्ति जारी गर्दै महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ लगायतका नेताले फैलाएको भ्रममा नपर्न आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको उच्च–विचार, कार्यदिशा र वैकल्पिक राजनीतिको नयाँ बाटोमा यात्रा गर्न नसकेका महिन्द्रराय यादव, गंगानारायण श्रेष्ठ लगायतका केही अनुशासनहीन व्यक्तिहरूले अझै पनि आफ्नो निहित स्वार्थ पूरा गर्ने दूषित मनसायले पार्टीको नाम, झण्डा र एजेन्डाहरूलाई दुरुपयोग गरी जनतालाई भ्रमित गरिरहेको समाचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रवक्ता शर्माले यादव पक्षले पार्टी र वैकल्पिक राजनीतिको हित विपरीत गतिविधि गरिरहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाल हाम्रो पार्टीको साधारण सदस्य समेत नरहेका र निर्वाचन आयोगको विधिगत अभिलेखीकरणमा नामै नरहेका व्यक्तिहरूले पार्टीको काँधमा चढेर सत्ता र शक्तिको उपभोग गर्दै पार्टी र वैकल्पिक राजनीतिको हित विपरीत गतिविधि गरिरहेका थिए र छन् ।’
अराजनीतिक एवं पथभ्रष्ट पात्र र प्रवृत्तिहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पार्टी बाध्य हुने विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक