पेरिस पारा ओलम्पिक : क्वार्टर फाइनलमा ब्राजिलियन प्रतिद्वन्द्वीसँग हारिन् पलेशा

काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी पारा ओलम्पिक खेलकुद प्रतियोगितामा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन आफ्नो दोस्रो खेलमा पराजित भएकी छन् ।
पलेशा क्वार्टरफाइनल खेलमा ब्राजिलियन प्रतिद्वन्द्वी सिल्भाना फर्नान्डेससँग ८–१० ले पराजित भइन् । त्यसअघि उनले आफ्नो पहिलो खेलमा भेनेजुएलाकी भालेरिया मोरालेसलाई ३१–० ले हराएकी थिइन् ।
पलेशाले शुक्रबार महिलातर्फको के–४४ क्याटेगोरीअन्तर्गत ५७ केजीभन्दा मुनिको तौल समूहमा प्रतिस्पर्धा गरेकी हुन् ।
पलेशा र सिल्भाना दुबैले यसअघि जापानको टोकियोमा सम्पन्न पारा ओलम्पिक पनि खेलेका थिए । पलेशा छनोट चरण पार गर्दै पारा ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
यसपटक उनी छनोट चरण पार गर्दै पेरिस ओलम्पिकमा उपस्थित भएकी थिइन् । उनले छनोट प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन् ।
टोकियो पारा ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकी थिइन् । उनले टोकियो पारा ओलम्पिकमा भने ‘वाइल्ड कार्ड’ मार्फतसहभागिता जनाएकी थिइन् ।
पलेशाले त्यतिबेला अमेरिकाकी ब्रियाना सालिनारालाई १०–० स्कोरले हराएकी थिइन् । उनले अर्को खेलमा सर्बियाकी मासिजा मिसेभलाई २३–१८ स्कोरले पराजित गरेकी थिइन् ।
टोकियो ओलम्पिकमा कांस्य पदकका लागि भएको भिडन्तमा उनी चीनकी खेलाडी युजी लीसँग ९–१२ स्कोरले पराजित भएकी थिइन् ।
पलेशा सन् २०२३ मा चीनमा सम्पन्न एसियाली पारा खेलकुद प्रतियोगितामा देशका लागि ऐतिहासिक कांस्य पदक जित्ने खेलाडी पनि हुन् ।
पलेशा करिब एक महिना बेलायतको म्यानचेस्टरमा वैदेशिक प्रशिक्षण गरेर पेरिस पारा ओलम्पिकमा सहभागी भएकी हुन् । पेरिस पारा ओलम्पिकमा नेपालका तीन खेलाडी सहभागी भएका छन् ।
अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता यसअघि नै पराजित भइसकेका छन् । पेरिस पारा ओलम्पिकमा सहभागी हुने अर्का नेपाली खेलाडी पौडीका भीमबहादुर कुमाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिस क्लबको लगातार दोस्रो जित, कोशी प्रदेशको लगातार तेस्रो हार
-
वाणिज्य दूत शर्मा र नेपाल खेलकुद विश्वविद्यालयका डा. प्रसाईँबिच साझेदारीबारे छलफल
-
कर्णालीमा कांग्रेस सांसदको माग : हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाऔँ
-
विरोधको सूचना दर्ता गर्ने पाण्डे प्रतिनिधि सभामा अनुपस्थित
-
विकासमा बेथिति, जस पाउने होड
-
३ सदस्यीय अनुचित लेनदेन जाँचबुझ आयोग गठन