साढे पाँच लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने सरकारी लक्ष्य

काठमाडौँ । सरकारले साढे पाँच लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा सरकारले साढे पाँच लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखेको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सरकारले आयात गर्ने रासायनिक मलमध्ये ८८ हजार ३३४ मेट्रिक टन मल आयात गरिसकेको छ ।
सरकारसँग हाल १ लाख १९ हजार ७११ मेट्रिक टन रासायनिक मल मौज्दात छ । ६९ हजार ४०४ मेट्रिक टन युरिया, ४२ हजार ६४४ मेट डीएपी र ७ हजार ६६३ मेट रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
गत आर्थिक वर्षमा ८७ हजार ७७३ मेट्रिक टन मल रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडले २५ हजार मेट युरिया विशाखापटनमबाट नेपाल आयात गरिरहेको छ ।
यस्तै कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया विशाखापटनमबाट नेपाल आयात गरिरहेको छ । यस्तै, २५ हजार मेट्रिक टन डीएपी मल बाटोमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन