६० प्रतिशत वैदेशिक लगानी बागमती प्रदेशमा
शुक्रबार, १४ भदौ २०८१, १७ : ०७

काठमाडौँ । प्रदेशगत रूपमा सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा रहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकको वैदेशिक लगानी सम्बन्धी अध्ययन प्रतिवेदन अनुसार कुल लगानीको ५९.७ प्रतिशत लगानी बागमतीमा रहेको हो ।
त्यसपछि गण्डकीमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत र मधेस प्रदेशमा ८.८ प्रतिशत रहेको छ ।
लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिममा प्रदेशमा भने प्रत्यक्ष वैदेशिक लगानी १ प्रतिशतभन्दा कम रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक उद्योगको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको छ । इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।