जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो

टोकियो । जापानमा शानशान ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुगेको छ । ताइफुनका कारण शुक्रबार देशभरमा कीर्तिमानी वर्षा भइरहेको छ ।
वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ भने कयौँ स्थानमा पहिरो जाने चेतावनी जारी गरिएको छ ।
शानशान ताइफुनलाई जापानमा एक दशकयताकै सबैभन्दा डरलाग्दो ताइफुन मानिएको छ । ताइफुन केही कमजोर बनेको र सोमबारसम्ममा उष्णकटिबंधीय चक्रवातमा परिणत हुने प्रक्षेपण गरिएको छ । तर शुक्रबार बिहानतिर प्रतिघण्टा १२६ किमीका दरले आँधी चलिरहेको थियो । क्युशुमा मंगलबार अबेर रात पहिरो जाँदा एके परिवारको तीन जनाको मृत्यु भएको थियो ।
थप चार जनाको मृत्यु भएको सरकारका प्रवक्ता योशिमासा हायाशीले पुष्टि गरेका छन् । एक जनाको मृत्यु ताइफुनसँग सम्बन्धित हो हाइन् भनेर अध्ययन भइरहेको बताइएको छ । अरू दुई जना पनि मरेको हो कि भन्ने आशंका गरिएको तर यसको पुष्टि भइनसकेको उनले बताए । अन्य दुई जना भने बेपत्ता भएको भनिएको छ । ताइफुनका कारण अरू आठ जना गम्भीर घाइते भएका छन् । ७० जनालाई भने सामान्य चोटपटक लागेको हायासीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा