कांग्रेसमा शिक्षा नीति निर्माणको माग गर्दै सानेपामा पत्र दर्ता

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन माग गर्दै पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा सभापति र पदाधिकारीका नाममा पत्र दर्ता गराएका छन् ।
महरले ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्र दर्ता गराएको बताएका हुन् ।
उनले भने, ‘युग सुहाउँदो शिक्षा नीतिका लागि आधिकारिक धारणा बनाउन जारी केन्द्रीय समिति बैठकमा ‘शिक्षा नीति’ निर्माणको प्रस्ताव पेस गरिदिन र पारितका लागि आवश्यक पहल गरिदिन आग्रह गर्दै पत्र दर्ता गराएको छु । सानेपामा दर्ता पत्रमा पार्टी सभापति र पदाधिकारीको नाम उल्लेख छ।’
उनले आफूलाई कांग्रेस शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिएको प्रति आभार व्यक्त गर्दै प्राप्त जिम्मेवारी पार्टी र मुलुकको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाए ।
संघीयताको मर्म अनुरूप शिक्षामा सबैको सहज पहुँच सुनिश्चित गर्न र शिक्षालाई सर्वव्यापी, जीवनोपयोगी, प्रतिस्पर्धी एवं गुणस्तरयुक्त बनाउन, सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकता अनुरूपको मानव संशोधन विकास गर्ने नयाँ शिक्षा नीति आजको आवश्यकता रहेको उनले औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा