नेपालमा ५८ देशको वैदेशिक लगानी, सबैभन्दा बढी भारतको

काठमाडौँ । गत असार मसान्तसम्म नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यसमा भारतबाट सबैभन्दा बढी अर्थात् ३५ प्रतिशत लगानी भित्रिएको छ । भारतका विभिन्न कम्पनीको नेपालमा १ खर्ब ३ अर्ब ४५ करोड लगानी रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसपछि क्रमशः चीनको ३५ अर्ब ४६ करोड अर्थात् १२ प्रतिशत, आइल्याण्डको २२ अर्ब ६२ करोड (७.७) प्रतिशत लगानी रहेको छ ।
अस्ट्रेलियाबाट गत असारसम्म १९ अर्ब ६ करोड र सिंगापुरबाट १८ अर्ब ८१ करोड लगानी आएको राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत्मा ३० प्रतिशत, उत्पादन क्षेत्रमा २९.४ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।
कुल वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवाअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
-
तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार
-
शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध
-
संविधान संशोधनलाई गम्भीर रूपमा लिइएन भने यो ‘पेन्डोराज् बक्स’ हुन सक्छ : प्रचण्ड
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै