संसदीय सुनुवाइ समिति बैठक
१७ देशका लागि प्रस्तावित राजदूतमाथि सुनुवाइ : उजुरीकर्तासँग छलफल सुरु
शुक्रबार, १४ भदौ २०८१, १३ : ५०

काठमाडौँ । सरकारले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका राजदूतमाथि उनीहरू अयोग्य रहेको उजुरी गर्ने उजुरी कर्ताहरूसँग छलफल सुरु भएको छ । शुक्रबार संसदीय सुनुवाइ समितिमा उजुरीकर्तासँग छलफल सुरु भएको हो ।
समितिले उजुरीकर्ता उज्ज्वलकृष्ण श्रेष्ठलाई बोलाएर उनको उजुरीमाथि छलफल गरेको हो । श्रेष्ठले सरकारले सिफारिस गरेका राजदूतहरू राजनीतिक पार्टी मातहतका व्यक्ति भएको,योग्य,अनुभवी र कूटनैतिक ज्ञान नभएका व्यक्ति भएको आरोप लगाएका छन् ।
उनले राजदूत सिफारिस समानुपातिक समावेशी नभएको र राजदूत सिफारिसमा खस आर्य मात्र बढी भएकोले फिर्ता गर्नुपर्ने माग गरेका छन् ।
भारतका लागि शंकर शर्मालाई राजदूतमा निरन्तरता दिन नहुने र इजरायलका लागि प्रस्तावित धनप्रसाद पण्डित अयोग्य रहेको लगायतका आरोप समेत उनले लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लेन फिलिप्सको स्थानमा श्रीलंकाली अलराउण्डर दासुन शनाकालाई भित्रायो गुजरात टाइटन्सले
-
सिक्किममा निश्चललाई स्वर्ण
-
युक्रेन र अमेरिकाद्वारा सयुक्त समझदारी पत्रमा हस्ताक्षर
-
रतुवामाई वृक्षरोपण आयोजनाका कर्मचारीले १० महिनादेखि तलब पाएनन्
-
एकता महाधिवेशनको तयारी अन्तिम चरणमा : उच्चस्तरीय समिति
-
२०८२ साल लागेसँगै पुँजी बजारमा उत्साह, सातामा १९.३४ अंकले वृद्धि