बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतीय विदेशमन्त्रीले भने– छिमेकी सधैँ समस्या बनिरहन्छन्

शुक्रबार, १४ भदौ २०८१, १३ : २५
शुक्रबार, १४ भदौ २०८१

काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशंकरले छिमेकी सधैँ समस्या बनिरहने बताएका छन् । उनले छिमेकीसँग सम्बन्ध बनाइरहनु निकै कठिन काम हुने पनि प्रस्ट पारेका छन् ।

भारतको राजधानी नयाँ दिल्लीमा एउटा पुस्तक विमोचन कार्यक्रममा जयशंकरले विश्वका जुनसुकै देशलाई हेर्ने हो भने पनि छिमेकी एउटा समस्या बनेको पाइने बताए ।

‘छिमेकीसँगको समस्या लगातार बनिरहन्छ,’ भारतीय विदेशमन्त्री जयशंकरले भने, ‘यसलाई कहिल्यै सुल्झाउन सकिँदैन ।’

उनले प्रश्न गरे– यस्तो कुन देश छ जसको छिमेकीसँग चुनौती छैन ?  आपसी सम्बन्ध हमेसा एकनासको नहुने छिमेकीको स्वभाव नै भएको उनको भनाइ थियो ।

भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानसँग अब वार्ताको समय समाप्त भइसकेको टिप्पणीसमेत गरे । पाकिस्तानसँगको सम्बन्ध अब उसकै भाषामा निर्भर हुने पनि उनले प्रस्ट पारे । पाकिस्तानको हरेक सकारात्मक र नकारात्मक कुराको जवाफ उसकै भाषामा दिइने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप