शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

अप्रत्यासित नतिजा निकाल्दै डच खेलाडीले पूर्वविजेता अल्कारजलाई हराए

शुक्रबार, १४ भदौ २०८१, १३ : २२
शुक्रबार, १४ भदौ २०८१

काठमाडौँ । वर्षको चौथो तथा अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनमा शुक्रबार अर्को अप्रत्यासित नतिजा आएको छ । तेस्रो वरीयतामा आसिन प्रभावशाली स्पेनिस खेलाडी कार्लोस अल्कारज पुरुष एकलतर्फको दोस्रो चरणमै पराजित भएका छन् ।

२१ वर्षीय अल्कारजलाई नेदरल्यान्ड्सका वरीयताविहीन खेलाडी बोटिक भान डे जन्डचल्पले सोझो सेटमा हराएका हुन् । बोटिकले प्रभावशाली खेलाडी अल्कारजलाई ६–१, ७–५, ६–४ अंकले पराजयको स्वाद चखाए ।   अल्कारज एक वर्ष तीनवटा ग्रान्डस्लाम प्रतियोगिताको उपाधि चुम्ने विश्वकै तेस्रो खेलाडी पनि हुन् । अल्कारजअघि यस्तो सफलता रोड लाभर र राफेल नाडालले मात्र हात पार्न सकेका थिए । अल्कारजले फ्रेन्च ओपन, विम्बल्डन र यूएस ओपनको उपाधि जितेका थिए ।

अल्कारजले हालसम्म अस्ट्रेलियन ओपनको उपाधि भने जित्न सकेका छैनन् । उनी यसै वर्ष अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्म पुगेका थिए । अस्ट्रेलियन ओपनमा यो नै उनको उत्कष्ट नतिजा हो । खेलको प्रारम्भदेखि नै उनी डच प्रतिद्वन्द्वीको दबाबमा परेका थिए ।

२८ वर्षीय बोटिकले आफ्नो खेलजीवनमा हराएको सबैभन्दा उच्च वरीयताको खेलाडी पनि अल्कारज नै हुन् । बोटिकसँग अप्रत्यासित हार भोगेपछि अल्कारजको १५ खेलको अपराजित यात्रा पनि टुंगिएको छ । खेलपछि उनले बोटिकको प्रसंशा पनि गरेका छन् ।

‘मेरो खेलको स्तर पुरानै रह्यो । तर, बोटिकले आफ्नो स्तरमा निकै सुधार गरे । बास्तबमै आज उनको प्रदर्शन उदाहरणीय थियो । मलाई विश्वास छ उनले यो प्रतियोगितामा आफ्नो विजययात्रालाई निरन्तरता दिनेछन्,’ अल्कारजले भनेका छन् ।

अल्कारजले हालै सम्पन्न पेरिस ओलम्पिकमा पनि कांस्य पदक जितेका थिए । पेरिस ओलम्पिकमा उनी नोभाक योकोभिचसँग पराजित भएका थिए । बोटिकसँग पराजित भएपछि अब केही समय आफू कोर्टभन्दा बाहिर रहने पनि बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप