जहाँ बन्दैछ काठको गगनचुम्बी भवन

वासिङ्टन डिसी । अमेरिकी सहर मिलवाउकीमा काठबाट बनेको विश्वको सबैभन्दा ठुलो गगनचुम्बी भवन छ । सो सहरले फेरि काठकै झन् ठुलो भवन बनाउन लागेको छ ।
यसको डिजाइन भ्यान्कुभरस्थित स्टुडियो माइकल ग्रिन आर्किटेक्ट्स (एमजीए)ले बनाएको हो । कम्पनीले हालै सो भवनको निर्माणसम्बन्धी योजना सार्वजनिक गरेको थियो ।
५५ तले सो भवनमा काठको प्रयोग हुने बताइएको छ । अहिले सो सहरमा रहेको काठको सबैभन्दा अग्लो भवन एसेन्ट २५ तलाको छ ।
यो परियोजना मार्कस पर्फमिङ आर्ट्स सेन्टरको पुनः विकासको हिस्सा भएको बताइएको छ । नयाँ बन्ने टावर एसेन्ट टावरभन्दा दोब्बर भन्दा अग्लो हुनेछ । एसेन्ट टावरको उचाइ ८७ मिटर छ भने नयाँ भवन १८२ मिटर अग्लो हुने बताइएको छ ।
काठ काठबाट बनेको अग्लो भवन बनाउन जरुरी रहेको एमजीएका आर्किटेक्ट तथा संस्थापक माइकल ग्रिन बताउँछन् । देखाउनका लागि नभएर सर्वसाधारणलाई काठैबाट पनि गगनचुम्बी भवन बनाउन सम्भव रहेछ भनेर बुझाउन यसो गर्नु जरुरी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसपिए कैलाली प्रिमियर लिग–३ को उपाधि भिमदत्तले जित्यो
-
एमसीसीसँगै रोकिएका परियोजना अघि बढाउनेबारे सरकारसँग चार विकल्प
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : फाइनलमा चुक्यो नेपाल
-
मानवमा आत्मिक जागरण अपरिहार्य : प्रदेश प्रमुख भट्ट
-
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारबिचको खेल