एक महिनामा थपियो ४१ अर्ब सार्वजनिक ऋण

काठमाडौँ । मुलुकको सार्वजनिक ऋणको आकार २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । २०८१ असार मसान्तसम्म आन्तरिक र बाह्य गरी कूल सार्वजनिक ऋण २४ खर्ब ३१ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।
तर आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा नै सार्वजनिक ऋण ४१ अर्ब ११ करोड रुपैयाँ बढ्न गएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार हाल कूल ऋणमध्ये ४८.६९ प्रतिशत अर्थात् १२ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ आन्तरिक ऋण रहेको भने ५१.३१ प्रतिशत, १२ खर्ब ६८ अर्ब ५४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ ।
आर्थिक वर्षको पहिलो महिना आन्तरिकतर्फ २३ अर्ब रुपैयाँ ऋण थपिएको छ भने बाह्यतर्फ १८ अर्ब ११ करोड रुपैयाँ थपिएको छ ।
यस्तै सोही अवधिमा आन्तरिकतर्फ १७ अर्ब र बाह्यतर्फ २ अर्ब २७ करोड ५ हजार गरी एकमुस्ट १९ अर्ब २७ करोड ५ हजार रुपैयाँ साँवा ब्याज भुक्तानी गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
योसँगै सार्वजनिक ऋणको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधारमा ४३.३४ प्रतिशत पुगेको छ ।
सार्वजनिक ऋण परिचालनको वार्षिक लक्ष्य र प्राप्ति
सरकारले चालु आर्थिक वर्षमा आन्तरिक र बाह्य गरी कूल ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । जसमध्ये साउन मसान्तसम्ममा ४३ अर्ब ५९ करोड ऋण प्राप्ति भएको छ ।
वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति जम्मा ७.९७ प्रतिशत भएको छ । जसमा आन्तरिक ऋण प्राप्तिको हिस्सा १२.१२ प्रतिशत रहेको छ भने बाह्य ऋण प्राप्तिको हिस्सा १.६६ प्रतिशत रहेको छ ।
यता चालु आर्थिक वर्षका लागि वित्तीय व्यवस्थापन अर्थात् ऋणको साँवा ब्याज भुक्तानीका लागि सरकारले ४ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये साउनमा २३ अर्ब १८ करोड ९९ लाख रुपैयाँ भुक्तानी दिइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
यो वार्षिक बजेट विनियोजनको आधारमा ५.७६ प्रतिशत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डच भाषाशास्त्री जर्ज भानद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’को विमोचन
-
नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव
-
१२ बजे, १२ समाचार : कुलमानलाई हटाउन लागेको भन्दै प्रतिनिधि सभामा विरोधदेखि निजामती कर्मचारीको उमेरहद बढाउने तयारीसम्म
-
सरकारले ल्याएका ५ वटा अध्यादेश स्वीकृत
-
अमेरिकाबाट डिपोर्ट हुनेमा २२ वर्षीय युवक र एक महिलासहित ८ जना रहेको पुष्टि
-
नेपालमा लिपमोटर टि०३ सार्वजनिक, मूल्य कति ?