आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा विद्यार्थी आन्दोलनका क्रममा हजारभन्दा धेरैको मृत्यु

शुक्रबार, १४ भदौ २०८१, १२ : १४
शुक्रबार, १४ भदौ २०८१

ढाका । सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनका क्रममा बङ्गलादेशमा एक हजार भन्दा धेरै जनाको ज्यान गएको छ । सो विरोध प्रदर्शनका क्रममा ४ सय भन्दा धेरैले आँखाको ज्योति गुमाएको स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमले भनेकी छिन् ।

राजरबाघस्थित केन्द्रीय प्रहरी अस्पतालमा आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न गएको समयमा उनले पत्रकारहरूसँग सो क्रममा भएको जनधनको क्षतिबारे बताएकी थिइन् । पीडितको परिवार, अस्पताल, प्रत्यक्षदर्शी र राष्ट्रिय स्तरका पत्रपत्रिकाहरूबाट आन्दोलनका क्रममा ८१९ जनाको मृत्युको जानकारी आफूले पाएको अगस्ट २१ मा मानव अधिकारी सहयता समाजले भनेको थियो । 

जुलाई १६ देखि अगस्ट ११ सम्म आन्दोलनको क्रममा बङ्गलादेशमा ६५० जनाको मृत्यु भएको मानवअधिकारका लागि यूएनको उच्च आयुक्तको कार्यालयको प्रारम्भिक प्रतिवेदनले देखाएको थियो । आन्दोलनको क्रममा घाइते भएका कयौँ प्रहरीको प्रहरी अस्पतालमा उपचार चलिरहेको नुरजहाँले भनेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप